विवादित थापाको आत्मकथा

बिहिबार, ०७ कार्तिक २०७६, १२ : १२ शुक्रवार
विवादित थापाको आत्मकथा

नेपाली फुटबल राजनीतिमा सबैभन्दा विवादित छवि भएका गणेश थापाको आत्मकथा आउने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षको रुपमा भ्रष्टाचार गरेको, मत बेचेको लगायतका गम्भीर आरोप खेपेका थापाको आत्मकथा आउने सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

उनको आत्मकथा बुकहिलले ल्याउन लागेको हो। उनको पुस्तकको सह लेखक फुटबल पत्रकार हिमेश हुन्। सार्वजनिक लेखा समितिले उनले ५८ करोड भ्रष्टाचार गरेको दाबी गरे पनि अख्तियारले भने उनको मुद्दा थन्काएको थियो। एएफसीका तत्कालीन अध्यक्ष मोहम्मद बिन हमामसँगको उनको सम्बन्धले पनि विवादमा ल्याएको थियो।

उनी पछिल्लो समय दाजु कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिमा सक्रिय हुने प्रयासमा छन्। उनले आफू निर्दोष रहेको दबाब गरे पनि फिफाले १० वर्ष प्रतिबन्ध लगाएको थियो।

Leave A Comment