करोडपति सन्दीप

बिहिबार, ०७ कार्तिक २०७६, १२ : १७ शुक्रवार
करोडपति सन्दीप

एकपछि अर्को अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट लिगमा अनुबन्ध हुँदै आएका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्यान्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा समेत चयन भएका छन्। उनी ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप ओभल इन्भेन्सीबल्समा अनुबन्धित भए। इन्भेन्सीबल्सले उनलाई १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख रुपैयाँ) मा अनुबन्ध गरेको हो।

पहिलो चरणमा उनी अनुबन्धित हुन सकेका थिएनन्। तर दोस्रो चरणमा भने छुटेनन्। अन्य फ्रेन्चाइज लिगको तुलनामा उनले ‘द हन्ड्रेड’ मा अहिलेसम्मकै उच्च मूल्य पाए। सन्दीप गत बुधबार मात्रै युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी–१० लिगका लागि कर्नाटकमा अनुबन्धित भएका थिए। कर्नाटकले उनलाई ४५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। अहिले उनी डेढ करोड नेपाली रुपैयाँमा अनुबन्धित भए।

द हन्ड्रेड प्रतियोगिता एक सय बलको हुनेछ भने यो सन् २०२० को १७ जुलाईदेखि १६ अगष्टसम्म आयोजना हुनेछ। इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहनेछन्। हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने नियमअनुसार उनी छनोट भएका हुन्।

Leave A Comment