युवा वैज्ञानिक सम्मेलनमा नेपाललाई स्वर्ण

शुक्रबार, ०८ कार्तिक २०७६, ११ : ३२ शुक्रवार
युवा वैज्ञानिक सम्मेलनमा नेपाललाई स्वर्ण

तेईस राष्ट्रका युवा वैज्ञानिकलाई पछि पार्दै नेपाली वैज्ञानिकले जिते स्वर्णसहित तीन पदक जितेका छन्। रुसमा सम्पन्न आठौं एसिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा सहभागी नेपाली युवा वैज्ञानिकहरुले गोल्डसहित तीन पदक जितेका हुन्।

प्रतियोगितामा २३ राष्ट्रका प्रतिनिधि सहभागी थिए। नेपालको तर्फबाट सहभागी विभिन्न कलेजका ९ विद्यार्थीमध्ये साउथवेस्टर्न स्टेट कलेज वसुन्धाराका विद्यार्थी स्वराजसागर प्रधानले गोल्ड मेडल जिते।

प्रधानले युजअफ  माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टिभिटी, हाईस्पिड ट्रान्समिसन एण्ड डाटा एनालाइसिस विषयमा आफ्नो प्रस्तुति दिएका थिए। यस्तै अस्मिता स्कुलकी दीक्षा संजेल र काठमाडौं मोडेल कलेजका ऋषिकुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भए।

अक्टोबर १४ देखि १९ सम्म आठौं एसिया प्यासिफिक युवा वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल पोलिमर इन्ष्टिच्यूट काठमाडौंको पहलमा सम्मेलनमा विभिन्न कलेजका ९ नेपाली विद्यार्थी सहभागी थिए।

Leave A Comment