घरमै तिहारको खान्की

सोमबार, ११ कार्तिक २०७६, १२ : २८ शुक्रवार
घरमै तिहारको खान्की

सेल
आवश्यक सामग्री
–चामलको पिठो
–चिनी, सक्खर र मिश्री
–पानी
–अलैंची, ल्वाङ, सुकमेल, दालचिनी

पकाउने विधि
गहिरो भाँडोमा चामलको पीठो, मैदा, चिनी तथा अलैंचीको धूलो मिसाउने र त्यसमा पानी हाली मुछ्ने। आधा घण्टा त्यत्तिकै छोड्ने। एउटा ताईमा घ्यू या तेल तताउने। घ्यु या तेल सेल डुब्ने गरी राख्नुपर्छ। तेल तातेपछि मुछेको पिठो गोलो बनाएर ताईमा हाल्ने।

पिठो गोलो बनाउन हातको अभ्यास राम्रो छैन भने सोलीको प्रयोग पनि गर्न सकिन्छ। गोलो बनाएर घ्यू या तेलमा पिठो हालिसकेपछि त्यसलाई झिर या चिम्टाले फर्काउँदै रातो रातो भएपछि निकाल्ने।

लाखमरी
आवश्यक सामग्री
–टाइचिन चामलको पीठो
–मास
–घ्यू
–चिनीको बाक्लो झोल

पकाउने विधि
लाखमरी बनाउने चामल दिनभरि भिजाएर राखेर बेलुका पानी निकालेर सुक्खा हुन दिने। ओभाएको चामल भोलिपल्ट पिस्ने। मासलाई चामलझै दिनभरि भिजाउने र रातभरि पानी फ्याकेर राख्ने। पिसेको मासमा पानी हालेर फिट्ने। अनी त्यसैमा चामलको पीठो र घ्यूहालेर फिट्ने। राम्रोसँग फिटिएपछि सानो प्वाल भएको कपडामा बाँधेर ताईमा हालेर लाखमरीको सेपमा पकाउने। कराहीमा घ्यूतताउने र लाखमरीको सेप बनेपछि घिउमा हालेर खैरो भए पनि निकाल्ने। सेलाएपछि चिनीको बाक्लो झोललाई ब्रसले पालिस गरेजस्तै गरी रोटीमा लगाउने।

निम्की
आवश्यक सामग्री
–कालो तिल
–खान मिल्ने सुन्तला रंग
–मैदा
–नुन
–घ्यू
–जिराको दाना

बनाउने विधि
भाँडामा मैदा राखेर पानी, नुन, तिल, जिरा, रंग र घ्यू हालेर मुछ्ने। राम्ररी मुछेपछि सानो–सानो गोला बनाउने।  डल्लालाई पातलो बनाएर बेल्ने र आधा पट्याउने। त्यसलाई तीन चुच्चा र  तीन पत्रे हुने गरी पट्याउने। बेल्दा पान आकारमा बेल्ने र तताएको घ्यूमा हालेर रातो रातो भएपछि निकाल्ने।

मसला लड्डु
आवश्यक सामग्री :
–खुवा
–चिनीको धूलो
–घ्यू
–नरिवलको धूलो,
–गुँड,
–काजु,
–बदाम

बनाउने विधि
पहिला खुवालाई घिउमा हालेर मज्जाले घोट्ने। यसरी घोट्दा घ्यू र खुवा राम्रोसँग मिसाएपछि केही समय छाडेर चिसो हुन दिने। चिसो भएपछि किस्तीमा राख्ने। किस्तीमा भएको घ्यू र खुवाको पेस्टमा आफ्नो रुचिअनुसार बदाम, नरिवल, गुँद, काजुलगायतका मसलाको धुलो हाल्ने। सबै मसला हालेर केहीबेर मोल्ने। त्यसपछि चिनीको धूलो हालेर डल्लो पार्ने।

Leave A Comment