धर्मको बन्धन

बुधबार, १३ कार्तिक २०७६, १० : ४६ शुक्रवार
धर्मको बन्धन

म २२ वर्षको भएँ। म रिलेसनसिपमा बसेको पाँच वर्षभन्दा बढी भयो। हामी एकअर्कालाई एकदमै प्रेम गर्छाैँ तर बाधा भइदियो हाम्रो धर्म। मेरो परिवार हिन्दू हो। उसको परिवार मुस्लिम। अब हामी केही वर्षमा विवाह गर्ने सोचमा छौँ तर यो सम्भव कसरी हुन्छ ? हिन्दू र मुस्लिम परिवार कसरी मिलाउने होला ? हामी दुवैलाई धर्मको समस्या त छैन तर म उनीसँग बोलेको मेरा घरका सदस्य देखी सहनुहुन्न। मामुले पनि नबोल भनेर कराउनुहुन्छ।

आफूलाई भने ऊसँग नबोली रातमा निद्रा नै लाग्दैन। घरका सदस्यलाई मैले थाहा दिएको छैन तर मामुलाई भने शंका छ। म ऊसँग बोलेको देख्नु भएकाले पनि शंका गर्नु भएको हुनसक्छ। पहिले प्रेम गर्दा धर्म र जातको मतलब थिएन हामीलाई पनि। तर जब विवाह गर्ने बेला भयो धर्मले बाधा ग-यो। सबै धर्म समान भन्ने कुरा भन्ने मात्र कुरा हो।

म के गरौं, कसो गरौंको स्थितिमा छु। हामी दुवै भागेर परिवारबाट छुट्टिएर बस्नलाई आर्थिक रुपमा सक्षम पनि छैनौँ। न त म उसलाई छाड्न नै सक्छु न त घरमा भन्न नै सक्छु म के गर्राैँ ?

Leave A Comment