फर्किए मेसी

शनिबार, २३ कार्तिक २०७६, ०१ : ०६ शुक्रवार
फर्किए मेसी

तीन महिना लामो प्रतिबन्ध अवधि सकिएपछि लियोनल मेसी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीमा फर्किएका छन्। तीन महिनासम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी उनीमाथि प्रतिबन्ध लगाइएको थियो।

गत जुलाईमा सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिना तेस्रो भएपछि राष्ट्रिय टोलीबाट तीन महिनासम्म अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी उनी प्रतिबन्धमा परेका थिए। प्रतिबन्धको कारण उनले कोपा अमेरिका फुटबल प्रतियोगिताको आयोजकले चलखेल हुने गरेर ब्राजिललाई सहज बनाएको आरोप थियो।

उनको आरोपपछि उनीमाथि प्रतिबन्ध लागेको थियो। प्रतिबन्धको अवधिमा मेसीले आफ्नो देशका लागि चार खेल गुमाए पनि अब उनले अर्को महिना हुने ब्राजिल र उरुग्वेविरुद्घको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछन्।

Leave A Comment