कंगनालाई सुझाव

बुधबार, २६ साउन २०७३, ०१ : २२ शुक्रवार , Kathmandu
कंगनालाई सुझाव

बलिउड अभिनेत्री कंगना रनोटलाई अहिले विभिन्न व्यक्तिले होशियार रहन सुझाव दिइरहेका छन् । उनको अपहरण गर्ने लालसा बलिउडकै एकजना हस्तीले व्यक्त गरेपछि कंगनालाई यस्तो सुझाव दिने बढेका हुन् ।
कंगनाको अपहरण गर्ने लालसा व्यक्त गर्ने बलिउड हस्ती हुन्, अभिनेता इरफान खान । गता साता एउटा रमाइलो खालको अन्तर्वार्तामा इरफानलाई ‘तपाईंलाई कसको अपहरण गर्ने रहर छ ?’ भनी सोधिएको थियो । जवाफमा उनले कंगनाको नाम लिएका थिए । त्यस्तै, फिल्म ‘पिकु’मा सँगै काम गरेकी दीपिकालाई ‘डेट’ गर्ने चाहनासमेत इरफानले व्यक्त गरेका थिए ।     

Leave A Comment