लोक तथा दोहोरी महाधिवेशन पोखरामा

मङ्गलबार, २६ कार्तिक २०७६, १० : २९ शुक्रवार
लोक तथा दोहोरी महाधिवेशन पोखरामा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय महाधिवेशन मंसिर ६ गतेदेखि ८ गतेसम्म पोखरामा हुने भएको छ। तयारीकै क्रममा सह—आयोजकको जिम्मेवारी पाएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश कमिटीले महाधिवेशनलाई केन्द्रित गरी सचिवालय स्थापना गरेको छ।

प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष एवं सातौं महाधिवेशनका सह—संयोजक सुरेन्द्र गुरुङले महाधिवेशनलाई सफल पार्न सहयोग जुटाउने क्रम जारी रहेको सुनाए। महाधिवेशन सम्पन्न गर्न २ सय ११ सदस्य रहने गरी मूल आयोजक समिति गठन गरिएको छ। प्रतिष्ठानमा आबद्ध देशभरबाट १ हजार ५ सय जनाले भाग लिनेछन्।

Leave A Comment