दोधारमा समाजवादी

शुक्रबार, २९ कार्तिक २०७६, ०१ : ३० शुक्रवार
दोधारमा समाजवादी

नेकपासँग सत्ता साझेदारी गरिरहेको समाजवादी पार्टी अहिले सरकारमा बस्ने वा बाहिरिने भन्ने विषयमा दोधारमा छ। पार्टीले सरकार छोड्ने वा नछोड्ने भन्ने विषयमा छलफल गर्न संघीय परिषद र केन्द्रीय समितिको बैठक नै बोलाएको छ। एकातर्फ सरकारमा बसेर पनि राम्रो भूमिका खेल्न नसकेको भन्दै पार्टीको आन्तरिक आलोचना बाहिरिन थालेको छ। अर्कोतर्फ, एकीकरण प्रक्रियामा जोडिने हल्लाखल्लाले राष्ट्रिय जनता पार्टीले समेत समाजवादीसँग सरकार छोड्नुपर्ने सर्तको घोचो तेस्र्याएको छ। यसपछि त पार्टी झन् अलमलमा परेको छ।

नेतृत्वदायी भूमिकामा रहेका नेता उपेन्द्र यादवले स्वस्थ्य मन्त्रीजस्तो पदको स्वाद लिइरहेका छन्। अब उनलाई कति सकस ! न सरकार छोड्नु, न पार्टीले भनेको मान्नु ! बिहीबारबाट हुने तीन दिने बैठकले नेकपासँगको सत्तायात्राको भविष्य निर्धारण त होला तर यो पक्का छ, सत्ता छाड्नुपरे, चुनाव आउने केही समयअघि मात्र छाड्ला !
कारण ?
यसको ट्र्याक रेकर्ड नै हेर्नुस् न ! २०६२÷६३ को आन्दोलनपछि मधेसवादी पार्टीहरु विरलै प्रतिपक्षमा जो बसेका छन् !
त्यसमाथि यादव र उनको टोलीलाई सबैभन्दा हाई सञ्चो के छ भने सत्ताको सुख उपभोग गरेर पनि देश, सत्ता र काठमाडौँलाई गाली गर्न पाइहाल्छन् ! पहाडी राष्ट्रवादलाई चर्को स्वरमा गाली गर्न भ्याइहाल्छन् ! यस्तो सजिलो अन्यत्र कतै पाइन्छ त ?

Leave A Comment