शर्मालाई अमेरिकामा स्वर्ण

शनिबार, ३० कार्तिक २०७६, ११ : २६ शुक्रवार
शर्मालाई अमेरिकामा स्वर्ण

अमेरिकाको न्यू जर्सीमा सम्पन्न अन्तर्राष्ट्रिय मार्सल आर्टमा नेपालका दिनेश शर्माले स्वर्ण पदक जितेका छन्। सिनियर उमेर समूहको फाइनलमा शर्माले अमेरिकाका एण्ड्रिउ सुतेलाई ५–४ ले पराजित गर्दै स्वर्ण जितेका हुन्। न्यू जर्सीमा अक्टोबर २५ देखि २७ सम्म भएको प्रतियोगितामा स्वर्ण जितेका शर्मा नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका महासचिवसमेत हुन्। 

तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शर्मा नेपाल तेक्वान्दो महासंघका अध्यक्ष समेत भइसकेका छन्। तेक्वान्दो खेलको प्रशिक्षकको रुपमा व्यस्त शर्माले लामो समयपछि अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता भएका हुन्।

Leave A Comment