ब्रिट्नीका प्रिय गायिका

बिहिबार, २७ साउन २०७३, १० : ५२ शुक्रवार , Kathmandu
ब्रिट्नीका प्रिय गायिका

बेलायती पपगायिका ब्रिट्नी स्पियर्सले दुई महिला पपगायिकाबारे टिप्पणी गरेकी छिन् । टेलर स्विफ्ट र केटी पेरीबारे उनले टिप्पणी गरेकी हुन् ।
टेलर र केटी दुवैबारे सोधिएपछि ब्रिट्नीले भनिन्, ‘दुबै गजबका छन् ।  दुर्भाग्य, मैले अहिलेसम्म उनीहरूलाई भेटेको छैन ।’
केटीको गीत आफूले सुनेको र मन पराएको उल्लेख गर्दै ब्रिट्नीले भनिन्, ‘तर, अहिलेसम्म उनीसँग भेट्न जुरेको छैन । उनीसँग बसेर कुराकानी गर्ने रहर छ ।’ २४ घण्टा लामो उडानमा केटी र टेलरमध्ये कोसँग रहन चाहनुहुन्छ भनी गरिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘उनीहरू दुवैजना गजबका छन् । अब कोसँग भन्नु ?’

Leave A Comment