रणवीरको कपिल लुक्स

बुधबार, ०४ मङि्सर २०७६, ०१ : ५३ शुक्रवार
रणवीरको कपिल लुक्स

प्रतिभाशाली बलिउड नायक रणवीर सिंहको कुन चैँ लुक्सको चर्चा गर्नु हो ? उनी जुन लुक्समा देखिए पनि दमदार अभिनयका कारण दर्शकको मनमा बसिहाल्छन्। बाजीराव मस्तानीको ट्रेडिसनल लुक्स होस् या गल्ली ब्वाईको -यापर लुक्स, सबैमा उनी मज्जाले जमेका छन्।

यतिबेला उनी कपिल देवको लुक्समा आउने तयारी गर्दैछन्, फिल्म ‘८३’ मार्फत। यो फिल्म भारतीय क्रिकेटर कपिल देवको बायोपिक भएकाले उनी कपिलको लुक्समा आउने नै भए।

हालै फिल्म निर्माण टिमले एक तस्बिर सार्वजनिक गरेको छ, जसमा उनी नटराज सट हानिरहेको देखिन्छ। जुंगा पालेका रणवीर तस्बिरमा कपिलझैँ देखिएका छन्।

हरेक भूमिकामा अब्बल अभिनय गर्न खप्पिस उनले यो फिल्ममा पनि पक्कै जादु गर्नेमा उनका फ्यानहरु आशावादी छन्।

Leave A Comment