नेपालमा सचिन

शुक्रबार, ०६ मङि्सर २०७६, ०१ : २६ शुक्रवार
नेपालमा सचिन

चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकर गत साता नेपाल आएर यहाँका खेलाडी र  बालबालिकासँग क्रिकेट खेले। युनिसेफको निमन्त्रणामा नेपाल आएका उनले नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमसँग मैत्रीपूर्ण खेलसमेत खेले। खेल सचिनको टिमले जित्यो।

युनिसेफको सद्भावना दूत रहेका सचिन बाल अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन नेपाल आउँदा नेपाली क्रिकेट खेलाडी र प्रशंसक मक्ख थिए। क्रिकेटका लिजेन्डका रुपमा परिचित उनले टियु क्रिकेट मैदानमा मैत्रीपूर्ण खेल खेलेपछि काभ्रे पुगे। पशुपति दर्शन गरे अनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए।

Leave A Comment