कोक्रो बनाउदै विनिता

सोमबार, ०९ मङि्सर २०७६, ०१ : ४५ शुक्रवार
कोक्रो बनाउदै विनिता

अभिनेत्री विनिता बराल यतिबेला निकै खुसी छन्। गत जेठमा प्रेमी तिलक पौडेलसँग विवाह बन्धनमा बाँधिएकी उनलाई कहिले ठूलो भएको पेट त कहिले कोक्रो बनाउँदैमा फुर्सद छैन। केही समयअघि आफू आमा बन्दैछु भनेर गोडा चारेक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। उनको ठूलो पोटिलो पेट तस्विर सार्वजनिक भएलगत्तै उनलाई बधाईको ओइरो लागेको थियो।

उनको बच्चा जन्मिने समय नजिकिदै गर्दा हर्षले कोक्रो नै तयार गरेकी छन्। नवजात शिशुका लागि उनले कोक्रोमा गुडियासमेत राखेकी छन्।

नयाँ सन्तान र पहिलो सन्तानको उनलाई कति हर्क छ भन्ने कुरा उनको उत्साह हेर्दै थाहा हुन्छ। आमा हुनुको पहिलो पहिलो गर्व जो हो !

Leave A Comment