कडा सुरक्षाका बीच किताब गायब !

मङ्गलबार, १० मङि्सर २०७६, १२ : ३१ शुक्रवार
कडा सुरक्षाका बीच किताब गायब !

अहिले अमेरिकामा केही विशेष किसिमका किताबहरु अमेरिकामा गायब हुन थालेका छन्। एक वर्षयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरोधी किताबहरु पुस्तकालयका -याकबाट गायब हुन थालेका हुन्। कडा सुरक्षाका बीच कसरी यस्तो भयो भनी खोजी हुन थालेको छ।

त्यसै पनि ट्रम्पका आलोचकको कुनै कमी छैन अमेरिकामा तर आउँदो वर्ष हुने चुनावलाई मध्यनजर गर्दै अमेरिकाभरिका पुस्तकालयबाट समलैंगिक सम्बन्धको पक्ष लिएको, बन्दुक नियन्त्रणमा भूमिका खेल्छु भनेका किताबहरु पुस्तकालयबाट गायब हुन थालेका छन्।

‘केही समययता ट्रम्पविरोधी पुस्तक हराए भन्ने गुनासो बढ्न थालेपछि हामीले पनि चासो दिएर हे-यौँ,’ लस एन्जल्सस्थित एउटा सार्वजनिक पुस्तकालयकी निर्देशक बेटी एमोनले भनिन्, ‘भरे त ‘लिबरल’ खेमाका किताबहरुलाई खोज्नै नजाने ठाउँमा लगेर थुपारिएको पाइयो !’ उनको भनाइ छ, ‘यही हो, सेन्सरसीपको नमूना। यो जत्तिको सरल उदाहरण अरु केही हुन सक्तैन।’

समाजका तात्ताता विषयमा लेखिएका कडा किताबहरु उपन्यासको भिडमा पु-याइएको पाइएको थियो। किनभने फिक्सन पढ्नेले नन् फिक्सनका त्यस्ता गहन पुस्तक पढ्न रुचि राख्दैनन् न त नन् फिक्सन रुचाउनेहरु फिक्सनको सेक्सनमा जाने रुचि राख्छन् !

खासगरी माइकल वोल्फको ट्रम्पविरुद्ध लेखेको पुस्तक ‘फायर एन्ड फ्युरी’ पुस्तकको मामिलामा यस्तो समस्या देखिएको पुस्तकालयकी निर्देशक बेटीले जनाइन्।

‘त्यो पुस्तक यति पटक ठाउँमा ल्याएर पनि कुठाउँमा राखियो कि बाध्य भएर हामीले निगरानी नै गर्नुप-यो !’ उनले भनिन्, ‘यस किसिमको कदमलाई अवश्य पनि राम्रो मान्न सकिन्न।’

यो कुरा सन् २०१८ को अगस्तमा पुस्तकालयको कमेन्ट बक्समा लेखिएको थियो, ‘हाम्रा राष्ट्रपतिमाथि आक्रमण गरिएका थुप्रै किताब यहाँ राखिएको पाइयो। मलाई ती किताब हाइलाइट गरेको पटक्कै मन परेको छैन। त्यसैले मैले ती किताबलाई यस्तो ठाउँमा लुकाएर राखेको छु कि कसैले पनि यस्ता प्रपोगन्डा किताब नपढून्।’

‘जब तिमीहरु यस्त वाहियात किताब पढ्न नपाएर छटपटिएको देख्छु, मलाई बडो आनन्द लागेर आउँछ,’ टिप्पणीमा लेखिएको थियो।

Leave A Comment