फ्लप जोडी

बुधबार, ११ मङि्सर २०७६, ११ : ०७ शुक्रवार
फ्लप जोडी

नायिका स्वस्तिमा खड्का र नायक निश्चल बस्नेतको रियल जोडीको चर्चा सधैँ फिल्म क्षेत्रमा चल्ने गर्छ। दर्शकले नायक निश्चललाई ‘काले दाइ’ अनि स्वस्तिमालाई ‘राष्ट्रिय भाउजू’को उपनाम दिँदै आएका छन्। हालै, यी दुवैले आदर्श जोडीको अवार्ड पनि पाएका थिए।

रियलमा जमेको यो जोडीलाई रिलमा पनि त्यत्ति रुचाएनन् दर्शकले। त्यसैले त निश्चल र स्वस्तिमाले सँगै गरेको फिल्म ‘घामड शेरे’ फ्लपै भयो। फिल्ममा यी दुवैले साली भेनाको भूमिका निभाएका थिए। रियल जोडी रिलमा साली भेना बनेको दर्शकलाई त्यत्ति टेस परेको देखिएन। फिल्म निर्माण टिमले फिल्म चलाउन अनेक तिकडम गरे पनि दर्शक घामड निस्किए र हलसम्म गइदिएनन् यो जोडीको अभिनय हेर्न। यसरी रियलमा हिट जोडी रिलमा चाहिँ फ्लप हुन पुग्यो।

Leave A Comment