काजोलको वारियर रुप

बुधबार, ११ मङि्सर २०७६, ११ : ३४ शुक्रवार
काजोलको वारियर रुप

लामै भइसक्यो बलिउड अभिनेत्री काजोलको उम्दा फिल्म रिलिज नभएको। फिल्मी दुनियामा जम्दाजम्दै अजय देवगनसँग विवाह गरेपछि उनी रिल लाइफमा भन्दा रियल लाइफमै बढी केन्द्रित भइन्।

उनलाई फाप्ने नायक शाहरुख खान अन्य हिरोइनसँग जोडी बाँध्न थाले। विवाहपछि पनि उनले केही फिल्ममा अभिनय नगरेको हैन तर ती त्यत्ति सफल भएनन्।

यतिबेला भने उनी ‘तनाजा–द अनसँग वारियर’बाट पर्दामा आउने पक्कापक्की भइसकेको छ। काजोल सहितको फिल्मको पोस्टर समेत सार्वजनिक भइसक्यो। काजोलले पोस्टर सेयर गर्दै लेखेकी छन्, ‘म तपाईंलाई हार्न दिन्नँ।’
भन्न त उनले हार्न दिन्नँ भनिन् तर फिल्म दर्शकको नजरमा हार्छ कि जित्छ त्यो त रिलिजपछि थाहा भइहाल्छ !

Leave A Comment