साग टिममा छैनन् सन्दीप

शनिबार, १४ मङि्सर २०७६, १२ : ४१ शुक्रवार
साग टिममा छैनन् सन्दीप

आँखामा समस्या आएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका भएका छन्। राष्ट्रिय प्रतियोगिता भन्दा अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा बढी सक्रिय हुँदै आएका उनलाई यो पालि आँखाले धोका दियो।

उनको आँखामा समस्या देखिएपछि सोमबार तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरियो।  शल्यक्रियापछि आँखा ठिक हुन २ हप्ता लाग्ने भएपछि उनी टिममा नपर्ने पक्का भएको छ। उनको स्थानमा रोहितकुमार पौडेलको चयन भइसकेको छ।

सन्दीप हालै युएईमा सम्पन्न टी–१० लिग खेलेर फर्किएका खेलाडी हुन्। भारत सहभागी नभएको क्रिकेटमा नेपालले श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशको सामना गर्दैछ। प्रतियोगितामा भारत र पाकिस्तान सहभागी भएनन्।

Leave A Comment