वरिष्ठ पत्रकार तथा साहित्यकार विनय कसजुको निधन

सोमबार, १६ मङि्सर २०७६, १० : ११ शुक्रवार
वरिष्ठ पत्रकार तथा साहित्यकार विनय कसजुको निधन

अग्रज बाल साहित्य सर्जक एवं सूचना विज्ञ विनय कसजुको मेडिसिटी अस्पतालमा निधन भएको छ। निमोनियाका कारण गम्भीर बिरामी परेका कसजुलाई राजधानीको मेडिसिटी अस्पतालमा गत कात्तिक १९ गते भर्ना गरिएको थियो। उपचारकै क्रममा मंसीर १० गते मंगलबार दिउँसो २ बजे कसजुको निधन भएको हो।

सामाजिक रेडियोका अभियन्ता कसजु सूचना आयोगका पहिलो प्रमुख आयुक्तसमेत हुन्। नेपाली भाषा साहित्य, बालसाहित्य, पत्रकारिता र मानवअधिकार क्षेत्रमा लामो समय सक्रिय रहेका उनी पछिल्लो समय बाल साहित्यमा लेखन तथा सम्पादनमा सक्रिय थिए।

बाल साहित्यतर्फ कसजुका ५० भन्दा बढी कृति प्रकाशित छन् भने सयौं बाल कृतिहरु सम्पादन गरिसकेका छन्। प्रेस काउन्सिलका आमन्त्रित सदस्य र राष्ट्रिय समाचार समितिमा सञ्चालक समिति सदस्यसमेत रहेका कसजु ७२ वर्षका थिए।

Leave A Comment