'राति हिँड्दै घर जाँदा झन्डै लुटिएँ'

मङ्गलबार, १७ मङि्सर २०७६, ०१ : ०९ शुक्रवार
'राति हिँड्दै घर जाँदा झन्डै लुटिएँ'

सोमबार बेलुका दरबारमार्गको उड्याल्डमा रहेको लिकुइट लन्चमा डेढ वर्षदेखि गीत गाइरहेका गायक सुजन खड्कासँग भोला अधिकारीले गरेको कुराकानीः

लन्चबारमा गाउन थालेको कति भयो ?
डेढ वर्ष जति भयो।

सुरुवातमा यहीँ हो कि अन्त पनि गाउनुहुन्थ्यो ?
अन्त यहाँको जस्तो गाइएन। हप्ताको दुई दिन गाउँथेँ। बाँकी समय वेटरमा काम गर्थेँ। सुरुमा मैले नारायणहिटीको उत्तरढोकामा एकजना दाजुको रेष्टुरेन्टमा वेटरको काम गर्थे। त्यहाँ मैले लगभग सात वर्ष जति काम गरेँ। तीन चार वर्ष जति वेटरको काम गरेपछि मैले पनि गीत गाउँछु भन्ने लाग्यो र यतातिर लागेँ।

त्यहाँको साहुले खासै वास्ता गरेनन्। बिस्तारै हप्ताको दुई दिन गीत गाउनका लागि कुरा मिल्यो। सबैले हिजोसम्म जुठो भाँडा उठाउने मान्छे आज गाउन थालेछ भने। कतिले राम्रो काम ग-यौ। अल द वेष्ट पनि भने। यसरी बिस्तारै मैले गाउन थालेको हुँ।

यहाँ गाउनका लागि अफर कसरी आयो ?
मैले गीत गाउँछु भन्ने धेरैलाई बिस्तारै जानकारी हुन थालेपछि अफर आयो।  लिकुइट लन्जमा गाउनका लागि अफर आएपछि मैले उताको काम छोडी यता आएँ। मलाई सानैदेखि गाउनमा रुचि थियो। म्युजिकमै मैले आरआरबाट डिग्री (मास्टर्स) सकाएँ।  म्युजिकका विद्यार्थीलाई गजलबार सिक्ने ठाउँ पनि हो।

रेष्टुरेन्टमा पैसा कम हुन्थ्यो कि ?
रेष्टुरेन्टमा काम गर्दा ६ हजार तलबबाट  सुरु गरेको हुँ। बिस्तारै अलि अलि बढ्दै थियो। वेटरमा मात्रै अल्झिएर बस्ने कुरा भएन। आफ्नो लक्ष्य अर्कै थियो। त्यसैले म यता आएँ।

गेष्टको व्यवहार त फरक हुन्थ्यो होला हैन ?  
त्यो त फरक भइहाल्छ नि। गीत गाउनु र वेटरमा। हेपाइ सहनुपथ्र्याे। सानो गल्ती भइहाल्यो भने गाली खानुपर्ने, मुख छाड्ने हुन्थ्यो।  गाउँदा त त्यति धेरै हुँदैन। कुनै कुनै गेष्टले मात्र हो। रक्सी खाएको तालमा यो भएन त्यो भएन भन्ने। अरु त नर्मल हो।    

यहाँ कतिबजेसम्म गीत गाउनुहुन्छ ?
यहाँ राति १, २ बजेसम्म नै हुन्छ। २ बजेपछि भने रुम जान पाइन्छ।

हिँडेर कि गाडीमा आउजाउ गर्नुहुन्छ ?
काम गर्दा गाडीको व्यवस्था थिएन। हिँडेर जानुपथ्र्याे।  अहिले भने आफैँले वाइक किनेको छु, यसमै यात्रा गर्छु।  

हिँडेर जाँदा बाटोमा चोर फटाहाले लुटेनन् ?
एकपटक चार पाँचजना केटाले लुट्न खोजेका थिए। सधैँ १०, ११ बजे बन्द हुने रेष्टुरेन्ट त्यो दिन पाटी परेर राति २ बजेसम्म चलेको थियो। तीन चारजना साथीहरु मिलेर कमलादीमा रुम लिएका थियाैँ। मेरा अरु सबै साथी रुममा गइसकेका थिए। म भने राति २ बजेतिर ड्युटी सकेर बाटोमा हिँड्दै थिए। केटाहरुले यसलाई लुट भनेर झ्याप्पै घेरेर सबै खोतल्न थाली हाले।

मैले दिमाग खियाएर मेरो घर यही नजिकै हो। म यहीँको लोकल मान्छे कहाँ लुट्न आँटेको भनेँ। उनीहरुले लोकल मान्छे भनेपछि छोडिदिए। नत्र त्यो दिन म लुटिन कुटिन सक्थेँ।

तपाईं गजलबार सिक्ने ठाउँ भन्नुभयो ? के–के सिक्नुभयो त ?
मलाई पहिला चारजनाको अगाडि गाउन अप्ठ्यारो लाग्थ्यो। अहिले निर्धक्क साथ गाउन सक्ने भएँ। जस्तो गीत पनि गाउने आँट ममा भयो। गाउन पनि पाइने धन पनि हुने भएकाले गजलबार बेष्ट लाग्छ। हाम्रा लागि सिक्ने ठाउँ नै हो।

यहाँ त चलेका कम्पोजरहरु आउने गर्छन् होला ?
यहाँ प्रायः चलेका नचलेका कम्पोजरहरु, गायक गायिकाहरु आइरहनुहुन्छ। चलेका कम्पोजरहरुले खासै त्यस्तो आश्वासन दिनुहुन्न। भोलिका दिनमा मिलेर काम गर्नुपर्छ प्रगति राम्रो छ भन्नुहुन्छ। नचलेका कम्पोजरहरुले यसो गर्छु, उसो गर्छु भनेर रक्सीका तालमा हौस्याएर जानुहुन्छ। तर भोलि पल्टदेखि उहाँहरु फर्किएर गीत गाउन लगाउँछु भन्नुहुन्न।

यहाँबाट बाहिर गाउने अफर आउँछ कि आउँदैन ?
मलाई नेपालीभन्दा पनि मारवाडी समाजको कार्यक्रममा बढी अफर आउँछ। त्यहाँ उहाँहरुले हिन्दी गीतहरु बढी सुन्न रुचाउनुहुन्छ भने कुनै–कुनै नेपाली गीतको पनि अफर गर्नुहुन्छ। नेपालीको कार्यक्रममा अलिक कम छ।

हेनसम हुनुहुन्छ ? तपाईंलाई केटीहरुको प्रपोज त धेरै आउँदो हो ?
मलाई त आइरहन्छ। केटाहरुले भन्दा पनि केटीहरुले बढी प्रपोज गर्नुहुन्छ। कसैले हजुरसँग समय बिताउन चाहन्छु भन्छन् भने कुनै–कुनै केटीले घुम्न जाउँ भन्ने गर्छन्। कोही तपाईं सँगै बसेर खाजा खान चाहन्छु भन्ने त धेरै छन्। यति मात्र होइन गिफ्ट पनि लिएर आएका हुन्छन्। अति गर्न थालेपछि इग्नोर गरिदिन्छु। अनि आफैँ साइड लाग्नुहुन्छ।
केटा साथीहरु पनि फेसबुकबाट या फोनबाट ब्रोको गायन मन प¥यो भन्दै धन्यवाद दिने, नजिक हुने गर्छन्।

Leave A Comment