रमेश भए अध्यक्ष

मङ्गलबार, १७ मङि्सर २०७६, ०१ : १९ शुक्रवार
रमेश भए अध्यक्ष

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन्। मंसिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित भएका हुन्। विष्णुले लोकदोहोरी प्रतिष्ठानमा हारको ह्याट्रिक गरेका छन्। अघिल्ला दुई निर्वाचनमा पनि विष्णुले हार व्यहोरेका थिए। हारसँगै आइतबार राति सम्पन्न मतगणनामा बिजीले ५ सय ८४ मत पाउँदा खत्रीले ५ सय ४५ मतमा चित्त बुझाए। कोषाध्यक्षमा राजु ढकाल, सहकोषाध्यक्षमा ईश्वरीप्रसाद भुसाल, प्रशासनिक सचिव कृष्ण रेउले, खुला सचिव जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, वसन्त थापा र पुष्कल शर्मा विजयी भए।

वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्ष पशुपति शर्मा, द्वितीय उपाध्यक्ष रामजी खाँड, महिला उपाध्यक्ष राधिका हमाल, महासचिव सुवास केसी, उपमहासचिव शंकर बिसी र शिव हमाल, सांगठनिक सचिव खुमन अधिकारी, महिला सचिव जमुना रानामगर र सहकोषाध्यक्ष महिलातर्फ पूर्णकला बिसी निर्विरोध छानिए। केन्द्रीय सदस्य महिलातर्फ सम्झना लामिछानेमगर, जानकी तरामीमगर, अञ्जली अधिकारी, जुना श्रीसमगर, अमृता लुङ्गेलीमगर, सरला पाण्डे र सीता राना निर्वाचित भए।

खुला केन्द्रीय सदस्य सर्वाधिक मतसहित देवी घर्तीमगर, पिएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गरौजा मगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगर निर्वाचित भए। महाधिवेशनमा एक हजार तीन सय ४८ कुल मतदाता रहेकोमा एक हजार एक सय ३७ मत खसेको थियो। केन्द्रीय सदस्यमा गण्डकीतर्फ तारानाथ आचार्य तथा सुदूरपश्चिमतर्फ नवीन धामी विजयी भए। केन्द्रीय सदस्य विदेश शाखामा रामकृष्ण बम मल्ल र दुर्गा पंगेनी विजयी भए।

Leave A Comment