यौन शक्तिको शर्त

बुधबार, १८ मङि्सर २०७६, १२ : ५१ डा. दिनेश बाँस्ताेला
यौन शक्तिको शर्त

यौन नै प्रेमको सुरुवाती बिन्दु हो। तर कतिपय अवस्थामा व्यक्तिले नै यसमा अवरोध पु-याउँछन्। व्यक्ति यौनानन्दमा रमाउँछन्। व्यवहारमा भने व्यक्तिको यौनप्रतिको सोच शत्रुतापूर्णसमेत हुनसक्छ।

आफ्नो यौन जोडी अन्य व्यक्तिलाई सुम्पन तयार नहुनु स्वाभाविकै हो। आफ्नो यौन जोडीलाई परस्त्री वा परपुरुससँग यौन क्रियाकलाप गरेको मन पर्दैन। जोडीमध्ये एकले यस्तो क्रियाकलाप गरेको सहन नसक्नु स्वाभाविकै हो। आफ्नो यौन जोडी परस्त्री वा परपुरुषसँग यौन क्रियाकलाप गरेको थाहा पाएको अवस्थामा सम्बन्ध विच्छेद, मृत्युवरण तथा आक्रमणसमेत हुन सक्छ।

व्यक्ति शारीरिकरुपमा जतिसुकै कमजोर भए पनि प्रेमको भित्री समुद्री सतहमा यात्रा गर्नका लागि यौन जोडीबीच यौन सम्पर्क अपरिहार्य हुन्छ। यौन जोडीबीचको सुमधुर तथा मिठो आनन्दमयी यौन क्रियाकलाप तथा यौन सम्पर्कले दुवैलाई आत्मीयतामा मात्रै बान्दैन जोडी एक भएको महसुस हुन्छ। जुन यौन जोडीबीचका सहयात्राका लागि आवश्यक हुन्छ।

यौन शक्तिले नै यौन जोडीबीचको प्रेमको कोपिला फक्रन मद्यत गर्छ। यौन जोडीबीच सुमधुर यौन सम्पर्कको आनन्द तथा यौन शक्तिको भोगविलास नभएको अवस्थामा यौन जोडीबीचको सम्बन्ध लामो समयसम्म टिक्ने सम्भावना क्षीण हुन्छ। यौन जोडीले यसमा विचार पु-याउन आवश्यक हुन्छ।

यौन शक्ति भनेकै शारीरिक, मानसिक, आध्यात्मिक, सामाजिक घनिष्ठतामा निर्भर तत्व तथा विषय हो। यौन क्रियाकलापमा कुन यौन जोडी यौनजन्य घनिष्ठताको स्तरमा छ वा छैन भनी निश्चय पनि छानेर निक्र्योल गर्नुपर्छ।

व्यक्तिको मस्तिष्क यौन विचारले भरिएको हुन्छ। त्यस्ता यौन विचार सदुपयोगमा नआएको खण्डमा व्यक्तिको व्यवहार तथा विचारमा असन्तुलन उत्पन्न भई व्यक्ति विचलित हुन सक्छ। त्यति मात्रै हैन यौनको विरुद्धमा उत्रिन सक्छ। त्यसैले यौन जोडीलाई सकेसम्म आनन्दमयी यौन क्रियाकलापबाट टाढा राख्नु हुन्न। यौन तथा यौन जोडीलाई यौनको मामलामा विभिन्न टिकाटिप्पणी गरी हत्तोत्साहित गर्नु हुन्न। विशेषगरी यौन जोडीको यौन सम्पर्क नै यौन जोडीबीचको प्राथमिकता हो भन्ने बुझ्न आवश्यक छ। यौन सम्पर्क वंशाणु कार्यका लागि आवश्यक भए पनि यसलाई सामान्यतः भूलेको समेत पाइन्छ। यसको अर्थ यौनलाई आनन्दको रुपमा लिइन्छ।

यौन मस्तिष्क
सांसारिक माया, प्रेम, जीवन बाँच्ने आधारका कारण यौन जोडीबीच आत्मियता अवश्य बढ्छ। मानवको चेतना नै धेरै भन्दा धेरै यौनजन्य हुन्छ। कयौँ गीत–संगीत, साहित्य तथा कला संस्कृति तथा टुँडालले यौनको प्रतिबिम्बित गर्छन्। मानव मस्तिष्क नै यौन परिधिभित्र घुमेको हुन्छ। यो संसारमा मानिसभन्दा बढी यौन क्रियाकलाप तथा यौन सम्पर्क गर्ने अन्य प्राणी विरलै होलान्। मानिसले त्यति धेरै यौन क्रियाकलाप गर्छ कि, त्यति यौन क्रियाकलाप तथा यौन सम्पर्क गर्ने प्राणी अरू हुन्न। त्यसैले यौनको मामलामा संकुच गर्नु आवश्यक देखिँदैन।

अवस्य पनि व्यक्ति स्वभावतः इश्र्या र डाहले अभिप्रेरित भएको हुन्छ। जसले यौन संकुचनको अवस्था निम्तन्छ। चाहे ब्यूँझेको अवस्थामा होस् वा सुतेको, व्यक्ति प्रायः यौनजन्य हुन्छ। त्यसैले यौन जोडीबीचको व्यवहार तथा चाहना र खुसी यौनानन्दसँग जोडिएको हुन्छ। यौन जोडीबीचमा अविश्वास भएको अवस्थामा विशेषगरी यौन जोडी महिलाले यौन प्रस्ताव सजिलै नस्विकार्नु स्वाभाविकै हो। यसमा विश्वस्त हुनै प¥यो। यौन जोडी जीवनको अनन्त कालसम्म पनि सहयात्री हुन सक्छन्।

विश्राम आवश्यक
शरीरमा यौनजन्य शक्ति उत्पादन हुन्छ। शक्ति विश्राम गरिसकेपछि पुनः ताजकि हुन्छ। तसर्थ सुखद् यौन क्रियाकलाप गर्ने यौन जोडीले विश्राम तथा आराम गर्नु उचित हुन्छ। यसमा संकोच त मान्नु हुन्न नै आराम गर्नसमेत भुल्नु हुन्न। आराम तथा विश्राम नगरिकन यौन सम्पर्क गरेको खण्डमा यौन जोडीबीचको यौन सन्तुलन नमिल्दा यौन सन्तुल नै बिग्रने जोखिम हुन्छ। यौन सन्तुलन बिग्रँदा जोडीमध्ये एकले आनन्द लिने र अर्कोले पीडाको स्थिति बेहोर्नुपर्ने जोखिम हुन्छ। यसमा यौन जोडी सचेत हुन आवश्यक छ।

यौनजन्य प्रतिक्रिया एउटा यौनजन्य स्थितिको चक्र हो। त्यसले नै अर्को चक्रको निर्माण गर्छ। यो चक्रिय प्रणालीमा निरन्तर चलिरहन्छ। यौन सम्पर्क कहिल्यै नसकिने प्रक्रिया हो। यो एक किसिमको प्रणाली हो। जुन व्यक्तिको समय, अवस्था तथा यौन जोडीको उपलब्धताअनुसार यौन अनुभवको खेती गरिरहने प्रक्रिया हो। यस्तो मनोवैज्ञानिक भाव दुवै यौन जोडीले बुझेर एक आपसमा यौन तृप्ति मेटी आनन्द लिन सकिन्छ। एक पटक गरेर सधँै आनन्द लिन सकिने विषय हैन यौन। एक पटक यौन सम्पर्क गरेर आनन्द लिए पनि पुनः यौनानन्द लिन मन लाग्छ।

सजग यौन जोडी
बल तथा शक्ति वृद्धिको कारण नै यौनिक अन्तक्र्रिया हुने यथार्थलाई यौन जोडीले भुल्नु हुन्न। सकेसम्म दुवै यौन जोडीले समय, शक्ति, सामाजिक परिस्थिति र आध्यात्मिक चिन्तनलाई समिकण गरी आफूलाई सन्तुलित राख्नु नै बुद्धिमता हुन्छ।

महिला यौन जोडीको स्वभाव तथा विचारमा पुरुष यौन जोडी कालो सूचीमा परेको अवस्थामा त्यस्ता पुरुषले पुनः सफाइ पाउन मुस्किल पर्छ। महिलाको नजरमा पुरुष सधैँ स्वच्छ भावको हुन आवश्यक छ। त्यसो त महिला पनि यसमा सचेत हुनै प-यो।

यौनको मामलामा पुरुषको सक्रिय भूमिका हुने भएकाले पुरुषको यौनको मामलामा उदार हुने सम्भावना धेरै हुन्छ। त्यसैले पुरुष यौन सम्पर्कका लागि यौन जोडी महिला रिसाएको अवस्थामा समेत सहजै तयार भैहाल्छन्।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment