मिरुनाको ब्याडलक

बिहिबार, १९ मङि्सर २०७६, ११ : १७ शुक्रवार
मिरुनाको ब्याडलक

‘लालपुर्जा’बाट अभिनय थालेकी मिरुनाले यस पटक पनि फिल्मबाट निराशा मात्रै हात पारिन्। यसअघि लगातार तीन वटा फिल्म फ्लप भएपछि उनलाई ‘चचहुइँ’बाट धेरै आशा थियो।

उनका लागि सबैभन्दा ठूलो आशा चकलेटी नायक थिए। एकताका आर्यन सिग्देल भन्नेबित्तिकै फिल्म चलिहाल्थ्यो। यतिबेला आर्यनको नामले न त चमत्कार ग-यो न मिरुनाको प्रार्थनाले।

यतिबेला उनलाई त फ्लप हिरोइनको ट्याग भिराइदिन थालिएको छ। हुन पनि ‘लालपूर्जा’, ‘रोज’, ‘साइनो’ र अब यो ‘चचहुइँ’ले पनि यसरी लाइनै लागेर मच्चिएपछि कसको के लाग्छ !
केहीले त उनलाई ब्याडलक लागेको र पूजाआज गर्नुपर्ने सुझाव दिन थालेका छन्।

Leave A Comment