बोलबममा रमाइलो

शुक्रबार, २८ साउन २०७३, १२ : १७ शुक्रवार , Kathmandu
बोलबममा रमाइलो

साउन महिना लागेपछि देशभरका शिवालयमा जल चढाउने ‘बोलबम’को भीड लाग्ने गर्छ । सुनसरीको चतरामा चाहिँ बोलबमको अवसरमा मस्ती गर्ने युवायुवतीको भीड देखियो ।

गेरु वस्त्रमा सजिएका जोडीह कोही सप्तकोशीको डिलमा बसेर सेल्फी खिच्न व्यस्त थिए । कोही ‘शिवका प्रसाद’ भन्दै गाँजा तान्दै थिए । कोही पानीमा जोडीसँग भिज्दै रमाइलो गरिरहेका थिए । आइतवार चतरा पुग्दा बोलबम युवायुवतीको ‘डेटिङ प्वाइन्ट’ जस्तो लाग्यो ।
धेरै पूर्वेली युवायुवती साउन महिनाका आइतवार र सोमवार सुनसरीको बराहक्षेत्र, चतरादेखि धरानको पिण्डेश्वर मन्दिरसम्म यस्तै रमाइलो गर्दै भेटिन्छन् । बोलबम जानेह आइतवारका दिन साँझ बराहक्षेत्रको चतरा पुगेर एकरात जाग्राम बस्छन् अनि भोलिपल्ट बिहानै सप्तकोशीको जल बोकी धरानतर्फ लाग्छन् । पछिल्लो समय युवापुस्ताको उपस्थिति बाक्लिन थालेपछि स्थानीयले एक महिनाभर सांगीतिक कार्यक्रमको आयोजना गर्ने गरेका छन् । चतराका समाजसेवी गणेश सुब्बा विरही भन्छन्, ‘बोलबममा कोही धर्मकर्मका लागि आउँछन् कोही रमाइलोका लागि ।’

 

Leave A Comment