पूजाको नौटंकी

बिहिबार, १९ मङि्सर २०७६, ११ : २८ शुक्रवार
पूजाको नौटंकी

नायिका पूजा शर्मालाई ‘पोइ प-यो काले’ फापेन। बरु गोरे फाप्थ्यो कि ! अहिले उनी ‘म यस्तो गीत गाउँछु २’को सुटिङमा व्यस्त छिन्। यसबीच एक मिडियाले पूजाको फिल्म ‘प्रेमगीत ३’सँग भिड्दै भनेर समाचार लेखेको थियो।

पूजालाई ‘प्रेमगीत’ले दर्शकमा चिनाएको हो। त्यसैले हालै त्यो समाचार हेरेर उनले सामाजिक सञ्जाल फेसबुकमा आफू जुनसुकै फिल्मसँग भिड्न सके पनि ‘प्रेमगीत ३’सँग नसक्ने लेखिन्। अब यत्ति लेखेपछि पूजालाई फ्यानको वाहवाह त आउने नै भयो। ‘प्रेमगीत’बाटै निर्माता सन्तोष सेन र निर्देशक सुदर्शनबीच मनमुटाव भएको थियो। यतिबेला उनको पनि यो टिमसँग सम्बन्ध चिसिन पुग्यो।

‘प्रेमगीत २’मा उनी दोहोरिइनन्। यस हिसाबले पूजाको मनमा पक्कै पनि टिस त पसेको होला तर पनि सामाजिक सञ्जालमा भने ‘प्रेमगीत’सँग जुध्न नसक्ने लेखिछन्। पर्दामा मात्रै होइन, पूजालाई फेसबुकमा पनि अभिनय गर्न आउँछ भन्ने प्रमाण हो यो।

Leave A Comment