दीपकको मजाक

बिहिबार, १९ मङि्सर २०७६, ११ : ३७ शुक्रवार
दीपकको मजाक

राम्रा केटी भनेपछि हुरुक्कै हुने हाँस्य कलाकार दीपकराज गिरीलाई नायिका ऋचा शर्माको बिहे हुने खबरले चित्त दुखेको रहेछ। उनले त्यो दुखेसो पोखीहाले एक कार्यक्रममा उनले ठट्यौली शैलीमा भने ‘राम्री केटीको बिहे हुने कुराले मलाई बेखुस बनाउँछ।’

उनले यसो भनिरहँदा छेवैमा रहेकी दीपाश्री निरौला फिस्स हाँसिन्। दीपक–दीपा सम्बन्ध नभनीकन पनि मिठा मिठा हुन्छन् भने जस्तै त हो। यी दुबैले आफ्नो सम्बन्धबारे प्रत्यक्ष केही नभने पनि अप्रत्यक्ष रुपमा सबै भन्दै आएका छन्।

दीपा कहिले दीपकको विहे हुनु अगाडि नै भेटेको भए भन्दै आफ्ना रहस्य खुलाउँछिन् त दीपक नेपालमा बहुविवाहको कानुन नभएको भए भन्दै मनोकामना राख्छन्। यी र यस्तै भनाईहरुले नै देखाउँछ यी दुबैको सम्बन्ध ‘साथी भन्दा माथी’ छ भन्ने।

त्यसैले दीपकका लागि ‘लक्की’ मानिदैआएकी (भाइस–भर्सा) दीपाश्री अहिलेसम्म अविवाहित छिन्। सायद दीपकले ब्यङग्यकै शैलीमा भए पनि दीपाश्रीको बिहे नहोस् भनेकै त होलान्। दीपाको विहे भए ‘राम्री केटी’को खडेरी पर्ने जो जोखिम हुन्छ। उनका जीवन, उनका निर्णय।

Leave A Comment