मक्ख सुहाना

बिहिबार, १९ मङि्सर २०७६, ११ : ५२ शुक्रवार
मक्ख सुहाना

आफूले रोजेको मान्छेसँग फिल्म खेल्न पाएपछि को मख्ख पर्दैन र ? अझ आमाबुबाले नै खुलेआम छोरीज्वाइँ भनेर मिडियामा फुकिसकेका व्यक्तिसँग फिल्ममा जोडी हुन पाएपछि सुहानाको किशोरी मनमा लड्डु फुट्ने नै भयो।

‘ए मेरो हजुर ३’बाट फिल्मी क्षेत्रमा होमिएकी सुहानाले ‘ए मेरो हजुर ४’मा अनमोलसँगै रोमान्स गर्ने भएकी छन्। त्यसैले त सुहानाको ह्याप्पी मुड नदेखिने कुरै भएन। जोडीको ठेगान नभएपछि ‘भागवत गीता’ फिल्म निर्माण गर्ने चर्चा चले पनि अनमोलले समय दिने पक्का भएपछि ‘ए मेरो हजुर ४’ बन्ने पक्का भएको छ।

लामो समय लगाएर युरोप टुर गरेर नेपाल फर्किएका थापा परिवारले आखिर त्यहाँको बजार भाउ पनि बुझ्न भ्याए होला ! अनमोलको बजार भाउ बुझेपछि अन्यत्र किन लाग्नु ?

Leave A Comment