अनुको संकट

बिहिबार, १९ मङि्सर २०७६, ११ : ५७ शुक्रवार
अनुको संकट

अनु मलिकलाई उनका पुराना अपराधले दिनुसम्म दुःख दिइरहेको छ। बलिउड संगीतमा जमेका यी संगीतकारमाथि एकपछि अर्को यौन दुव्र्यवहारको आरोप लाग्यालाग्यै छ। त्यसको असर उनको हातमा आएको इन्डियन आइडलको निर्णायकको कुर्सीमा समेत असर परिरहेको छ।

गत वर्षपछि इन्डियन आइडल शुरु भएलगत्तै उनीमाथि यौन दुव्र्यवहारको आरोप लाग्यो र उनी निकालिए। यस पटकको सिरिजमा पुनः उनी जजको कुर्सीमा के फर्किएका थिए, अर्की गायिकाले उनीमाथि यौन दुव्र्यवहारको आरोप लगाइन्। आरोप लागेको केही एपिसोडसम्म उनी जजकै रुपमा देखापरे। तर आलोचना बढ्दै गएपछि सोनी टिभीले उनलाई बिदा गरिदियो। यस्तै हो नसम्हालिएपछि। जहिले गरेको अपराध भए पनि दण्ड त पाउनै प-यो नि !

Leave A Comment