ट्रोलमा सेलेना

बिहिबार, १९ मङि्सर २०७६, १२ : २६ शुक्रवार
ट्रोलमा सेलेना

भएभरका सेलिब्रिटी सहभागी हुने अमेरिकन म्युजिक अवार्ड चर्चाविहीन हुने कुरै थिएन र यसपालि पनि भएन। त्यहाँ विजेताहरुको चर्चा त हुने नै भयो।

सेलिब्रिटीको रेड कार्पेटले पनि राम्रै चर्चा पाउँछ यस्ता कार्यक्रममा। यस कार्यक्रममा यो पटक सेलेना गोमेज सबैको नजरमा परिन्। कार्यक्रममा उनले गरेको डान्सका कारण उनी ट्रोलको सिकार बनिन्।

दुई वर्ष भइसकेको थियो उनले लाइभ पर्फमेन्स नदिएको। अमेरिकन म्युजिक अवार्डको मञ्चमा उनी लाइभ प्रस्तुतिका लागि उत्रिएकी थिइन्। तर धेरै दर्शकलाई उनको डान्स मुभ मन परेन र ट्रोलिङ शुरु भइहाल्यो। तर कार्यक्रम प्रस्तुतिको बेलामा टेइलर स्विफ्ट र हेल्सी जस्ता गायिकाले उनलाई खुब साथ दिएका थिए।

Leave A Comment