मस्तीमा काया

बिहिबार, १९ मङि्सर २०७६, १२ : ४९ शुक्रवार
मस्तीमा काया

अमेरिकी मोडल काया गेवर र अमेरिकन कमेडियन पिट डेभिड्सन मियामी बिचमा रोमान्समा मस्त भएका तस्बिरहरु सार्वजनिक भए।

१८ वर्षीया मोडल र २६ वर्षीया कमेडियन बीचको निकटताबारे धेरैमा आशंका थियो तर मज्जाले चुम्बन गरिरहेका यी दुवैको तस्बिर सार्वजनिक भएपछि यी दुवै बीचको सम्बन्ध कस्तो रहेछ खुलासा हुने नै भयो, र भयो पनि।

मियामीको बिचमा मस्तले चुम्बनमा लिप्त यो जोडीको मुड निक्कै रमाइलो देखिएको थियो। दुवै एकअर्काको हात समात्दै वरपर रहेकाहरुको वास्तै नगर्दै टङ किसमा यी मग्न भएका थिए। मार्गरेट क्वलीसँग ब्रेकअप भएपछि पिट कायासँग नजिकिएका थिए।

Leave A Comment