नेपाललाई राष्ट्रिय पुरस्कार

शुक्रबार, २० मङि्सर २०७६, १० : ३३ शुक्रवार
नेपाललाई राष्ट्रिय पुरस्कार

पत्रकार किशोर नेपाललाई यो वर्षको सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरिने भएको छ। प्रेस युनियन पूर्वी नवलपरासीद्वारा १५ वर्षअघि स्थापित पुरस्कार यस वर्ष नेपाललाई दिने निर्णय गरिएको युनियन अध्यक्ष वीरेन्द्र पराजुलीले जनाए।

नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा सूर्यभक्त र उनकी धर्मपत्नी पतनादेवीको स्मृतिमा छोरा मदनभक्त अधिकारीले राखेको अक्षयकोषबाट हरेक वर्ष एक पत्रकारलाई सम्मान गर्दै आएको छ।

Leave A Comment