मिस युनिभर्सको दौडमा प्रदिप्ता

शुक्रबार, २० मङि्सर २०७६, १० : ४५ शुक्रवार
मिस युनिभर्सको दौडमा प्रदिप्ता

मिस युनिभर्स नेपाल २०१९ मा प्रदिप्ता अधिकारीले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। मिस युनिभर्स २०१९ मा विश्वभरबाट ९० देशका सुन्दरीहरू सहभागी भएका छन्।

उनी अहिले मिस युनिभर्सको टप २० को प्रतिस्पर्धामा छिन्। उनको स्थान अहिले ६० औं छ। विश्वभरबाट आउने भोटका आधारमा शुक्रबार उत्कृष्ट २० छनोट हुनेछ।

मिस युनिभर्स २०१९ को ६८ औ संस्करण डिसेम्बर ८ तारिखमा अमेरिकाको टेलर पेरी स्टुडियोमा हुँदैछ।  प्रदिप्ता अधिकारी मेडिकलकी विद्यार्थी हुन्।
मिस वल्र्डमा भाग लिन अनुष्का श्रेष्ठ पनि लण्डनमा छिन्। मिस वल्र्ड आउँदो डिसेम्बर १४ बाट आयोजना हुँदैछ।
 

Leave A Comment