केटीको अर्को खुड्किलो

शुक्रबार, २८ साउन २०७३, १२ : २१ शुक्रवार , Kathmandu
केटीको अर्को खुड्किलो

पपगायिका केटी पेरीले आफ्नो सांगीतिक जीवनको नयाँ खुड्किलो पार गरेकी छिन् । उनले आफ्नो नयाँ म्युजिक भिडियो ‘राइज’ सार्वजनिक गरेपछि यसलाई विभिन्न अनलाइनले ‘केटीको अर्को सांगीतिक खुड्किलो’ भनेका छन् ।
उनले ‘राइज’ सार्वजनिक गर्ने घोषणा गरिसकेकी थिइन् । उनका फ्यानहरूले यसलाई पर्खिरहेका थिए । रियो ओलम्पिकलाई लक्ष्य गरेर म्युजिक भिडियो ल्याउने केटीले बताएकी  थिइन् ।
नयाँ म्युजिक भिडियो ल्याउन आफूले ठूलो मेहनत गरेको उनले बताइन् । ‘पसिना बगाएर हामी निरन्तर अघि बढिरहेका हुन्छौँ । यसै क्रममा आखिरमा मेरो नयाँ म्युजिक भिडियो ‘राइज’ आएरै छोड्यो,’ ट्वीटरमा उनले लेखेकी छिन् ।  

Leave A Comment