अञ्जलीको विश्व रेकर्ड

शुक्रबार, २० मङि्सर २०७६, ११ : ५८ शुक्रवार
अञ्जलीको विश्व रेकर्ड

दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करण नेपाललाई निकै फापेको छ। एकातिर विभिन्न खेलमा स्वर्ण पदकको वर्षा भइरहेको छ भने अन्तर्राष्ट्रिय रेकर्डसमेत बनाउन सफल भए नेपाली खेलाडी।

नेपालकी राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य अञ्जली चन्दले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तै विश्व कीर्तिमान बनाइन्। महिला क्रिकेटको पहिलो खेलमा माल्दिभ्सविरुद्धको खेलमा उनले ६ विकेट लिँदै कीर्तिमान नै बनाइन्। उनले २ ओभर १ बलमा बिना रन खर्चेर ६ विकेट लिएर दुर्लभ कीर्तिमान बनाएकी हुन्। सो खेलमा नेपाल १० विकेटको विजयी भएको थियो।

Leave A Comment