खेल छाडेर कतार

शुक्रबार, २० मङि्सर २०७६, १२ : ०४ शुक्रवार
खेल छाडेर कतार

विभागीय टिम आर्मीबाट खेल्दै आएकी एथ्लेटिक्स खेलाडी तुलसा खत्री बन्द प्रशिक्षण छाडेर कतार गइन्। ४ सय मिटर दौड र ४ सय मिटर रिलेमा नेपालको प्रतिनिधित्व गर्दै सागमा सहभागी हुने बेलामा उनी कसैलाई थाहै नदिई कतार गएकी हुन्। उनी आठौं राष्ट्रिय खेलकुदको ४ सय मिटर दौडमा स्वर्ण वितेता हुन्।

उनले प्रशिक्षकलाई ‘देशका लागि खेल्ने इच्छा हुँदा हुदै झूट बोले। आफ्नो लाइफ बनाउन कतार हिँडे’ भन्ने सन्देश पठाएर हिँडेकी थिइन्। उनीबाट स्वर्णको आश गरिएको थियो।

Leave A Comment