बेन र ब्लेकको प्रेम

बिहिबार, २६ मङि्सर २०७६, ११ : ३० शुक्रवार
बेन र ब्लेकको प्रेम

अमेरिकी गायक  ५० वर्षीया बेन स्टेफनी र ४३ ब्लेक सेल्टनसँगै बस्न थालेको लामै समय बितिसक्यो। दुवैले अहिलेसम्म औपचारिक रुपमा विवाह गरेका छैनन्।

यी दुवै सन् २०१५ देखि एकअर्कासँग डेट गरिरहेका छन् तर उनीहरुलाई बिहेको कुनै हतारो देखिन्न। दुवै निकै खुसी देखिन्छन्। यी दुवै निकट स्रोतका अनुसार यिनलाई विवाहबारे त्यत्ति चासो छैन तर तत्कालै विवाह गरे पनि अचम्म भने हुने छैन। यी दुवै लसएन्जसलमा सँगै बसिरहेका छन्। 

पूर्व श्रीमान्का तर्फबाट वेनका तीन सन्तान छन्। ब्लेकले ती तीनै सन्तानको अभिभावकको भूमिका निभाएका छन्। सार्वजनिक कार्यक्रममा होस् या निजी यी दुवै निक्कै निकट देखिन्छन्। तर खै विवाहका लागि चैँ किन चासो नदेखाएका हुन् कुन्नी ?

Leave A Comment