फुर्सदिला थापा

शनिबार, २८ मङि्सर २०७६, १२ : ०७ शुक्रवार
फुर्सदिला थापा

हेर्नुस न, हिजोआज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) अध्यक्ष कमल थापा कति फुर्सदिला ! तीन साताको अमेरिका बसाइपछि नेपाल फर्किए । कार्तिक २७ गते बाटो लागेका उनी तीन सातापछि नेपाल फर्किएको जानकारी दिनु त प-यो !

तीन साता लामो बसाइका क्रममा थापाले त्यहाँ केही राजनीतिक कार्यक्रममा सहभागितासमेत जनाए। प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशन र नेपाली समुदायको विभिन्न कार्यक्रममा समेत सहभागी भएछन्। अमेरिकामा भएका विभिन्न राजनीतिक कार्यक्रममा सहभागितासँगै विभिन्न राजनीतिक भेटघाट पनि गरेछन् ।

फुर्सदिला पार्टीका फुसर्दिला नेता तथा कार्यकर्ता उनी फर्किएको चाल पाउनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन पनि पुगिहाले।

अब नेपालमा उनी न उपप्रधानमन्त्री छन्, न सरकारमा न सदनमा। पार्टीका फाट्टफुट्ट कामबाहेक अरु गर्नु पर्ने काम नै के छ र ? त्यसैले जानु नै पर्ने भएपछि अमेरिकै किन नजाने ? नेपालका कुनाकाप्चामा गएर जनमत तयार पा-यो भने त नेपाली नेताको जातै काडिन्छ ! नेता कहाँ गयो भन्दा अमेरिका गयो भन्दा पो भाउ बढ्छ त ! गाउँतिर डुल्यो भन्दा कतै इज्जत बढ्छ ? त्यसैले नभएको कार्यक्रम बनाएर भए पनि विदेश त जानै प-यो !

Leave A Comment