‘रक्सी लागेपछि के–के भन्छन्’

मङ्गलबार, ०१ पुष २०७६, ११ : १२ शुक्रवार
‘रक्सी लागेपछि के–के भन्छन्’

पोखराको बिसौनी दोहोरीसाँझ हुँदै काठमाडौंको दरबार रोधीघरमा गीत गाइरहेकी छिन् कसम रानी ठकुरीले। उनीसँग भोला अधिकारीले गरेको रात्रिकालीन गफ :

दोहोरी क्षेत्रमा कसरी आउनुभयो ?
मलाई सानैदेखि गीत गाउनमा रुचि थियो। म पहिला हेटौंडामा बस्थेँ। त्यहाँबाट पोखरा गएँ। पोखरा गएपछि एउटा फेन्सी पसलमा काम गर्न थालेँ। त्यहाँ काम गर्दा खासै राम्रो भएन। भनएपछि म एकजना दिदीले दोहोरीसाँझमा काम गर्छौ त भन्नुभयो।  पोखरामा एउटा चौतारी दोहोरीसाँझ थियो। त्यहाँ मैले खासमा गाउनका लागि भनेर गएकी थिइनँ। वेटर काम गर्न गएकी थिएँ। त्यहाँको साहुले खै के देख्यो कुन्नी तिमीले वेटर हैन स्टेजमा बसेर गाउनु पर्छ भने। मैले नि हुन्छ भनेर त्यहीँबाट स्टेज चढेर गाउन थालेँ। दुई वर्ष जति पोखराको दोहोरीसाँझमा समय बिताएपछि काठमाडौं आएकी हुँ। 

एकै पटक स्टेजमा चढेर अरुसँग सवालको जवाफ फर्काउन गाह्रो भएन ?
गाह्रो भयो नि। गाउँ घरमा त सवालको जवाफ फर्काउन सक्थेँ तर दोहोरीमा त गाह्रै भयो। सिक्न नै झण्डै दुई महिना लाग्यो।

पोखरामा गाउँदागाउँदै काठमाडौं आउनुभएको छ। खासमा काठमाडाैं नै आउनुपर्ने कारण के भयो ?
त्यहाँ कुनै नराम्रो भएर म काठमाडांै आएकी हैन। काठमाडौं भनेको त्योभन्दा ठूलो शहर हो भन्ने मनमा थियो। मलाई काठमाडाैं आउने सानैदेखिको इच्छा पनि थियो त्यसैले यहाँ आएँ।

काठमाडौं आएपछि काम पाइयो त ?
कहाँ काम पाउनु। काठमाडाैं मेरा लागि विलकुलै नयाँ ठाउँ थियो। मैले कसैलाई पनि चिनेकी थिइनँ। काठमाडौं आएपछि गंगबुमा एउटा लजमा बस्यौ। एकजना बैनी र म आएका थियौं। उनी र म त्यही बस्न थाल्यौ। त्यो बैनीले एकजना दाइलाई चिनेकी रहिछ। उसले त्यो दाइलाई दोहोरीसाँझमा काम खोजिदिन आग्रह गरिन्। त्यो दाइले यता गायक तथा मोडल पिएन सापकोटालाई भनिदिए। उहाँले नै चारैतिरका दोहोरीसाँझमा बुझिदिनुभयो। अनि गंगबुकै गाउँघर दोहोरीसाँझ भन्ने थियो। त्यो अहिले बन्द भयो। त्यहाँको दोहोरीसाँझमा काम गर्दा साहुले रुम भाडा तिरिदिन्छु भन्नुभयो। त्यो दोहोरीमा १५ दिन जति काम गरेपछि दरबार रोधी घरका साहुले मलाई यता आउ भन्नुभयो र आठ महिनादेखि यता काम गरिरहेकी छु।

सधैँ होटलमा त बस्नुभएन होला ?
काठमाडौंमा त कोठा नै नपाइने रहेछ। झन् राति काम गर्नेभन्दा त कोठा पाउनै मुस्किल भयो। राति काम गर्ने भनेपछि कि रुम नदिने दिइहाले पनि बढी भाडा तिर्नुपर्ने रहेछ। एक्लै बसे पनि अहिले दुईवटा रुम लिनु परेको छ।

अनि पोखरामा पनि एक्लै बस्नुहुन्थ्यो ?
अँ। हेटौंडबाट एक्लै पोखरा गएँ। काम खोजेँ र एक्लै नै बसे। अलिक आँटिली छु।

पोखरा र काठमाडौंमा के फरक रैछ ?
धेरै नै फरक पाएँ। उता उठेर बसेर गाउने हुन्छ। भेषभुषा पनि टिपिकल गाउँले  नै हुन्छ। यता त्यस्तो पाइनँ।

अनि गेष्टहरुले आफ्नो बनाउँछु, बिहे गर्छु भनेर धुरुक्कै पार्छन् रे नि हो ?
छोरी मान्छे देखेपछि कसले भन्दैनन् होला र ? मैले यस्तो त कति भोगेँ भोगेँ। तिमीलाई माया गर्छु, बिहे गर्छु भन्नेहरु त धेरै हुन्छन्। रक्सी लागेपछि के के भन्छन् भन्छन्। एकजना इण्डियन आर्मी हुँ भन्थ्यो। त्यो मान्छे हरेक दिन दोहोरीसाँझमा आएर बिहे गर्छु भन्दै धुरुधुरु रुन्थ्यो। मैले तिम्रा लागि जागिर छोडेर आएको छु भनी टर्चर दिन्थो। पछि खै के भयो आउन छोड्यो। 

दोहोरी गाउँदा अश्लील शब्द पनि गाउँदा रहेछन्। कतिको गाइयो त्यस्तो ?
अश्लील भनेर लाजमर्दो त गाउँदैनौँ। गेष्टहरुले अश्लील गीत गाउन थाल्यो भने ढाकछोप गर्नका लागि राम्रै शब्द गाइरहेका हुन्छौँ। राम्रा गीत गाउँदा गेष्टहरुलाई मन पर्दैन। दिनमै सय जना जति गेष्ट आएको ठाउँमा एक दुईजना उच्छृङ्खल खाल्का गीत रुचाउने पनि हुन्छन्।

कति बजेसम्म गाउनुहुन्छ त ?
पोखरामा ११ बजेसम्म गाउथेँ भने यहाँ २ पनि बज्न सक्छ। अघि दुईवटा रुम लिएकी छु भन्नु हुन्थ्यो।  तलबले रुम भाडा तिर्न पुग्छ त ? बाध्यताले दुईवटा रुम लिएकी हुँ। एउटा लिनुप-यो भन्या नपाएपछि दुईवटा लिनु परेको हो। तलब भनेको पन्ध्र, सोह्र हजार हुन्छ। टिप्सले भरथेग गरेको छ।

Leave A Comment