छोरीको प्रेमी मन परेन

बुधबार, ०२ पुष २०७६, १२ : १९ शुक्रवार
छोरीको प्रेमी मन परेन

पिट डेभिडसन अहिले मोडल काया गेबरसँग डेटिङमा छन् तर यी दुवैको डेटलाई कायाको परिवारले त्यत्ति मन पराएका छैनन्। अझ विशेष उनको आमा सिन्डीलाई त फिटिक्कै मन परेको छैन।

छोरीको सम्बन्ध मन नपर्नुको कारण पिटको उमेर देखियो। पिट कायाभन्दा ८ वर्ष जेठा छन्। पिट मन नपर्नुको अर्को कारण रहेछ, उनको सिरियल डेटर छवि।

उनी आफ्नी छोरीसँगको सम्बन्धमा लामो समय इमान्दार रहन नसक्ने कायाको परिवारको आशंका देखियो। काया मोडलिङमा सक्रिय छिन् भने पिट ‘स्याटरडे नाइट लाइभ स्टार’बाट कहलिएका हुन्।

Leave A Comment