तोन्जीलाई ताज

बुधबार, ०२ पुष २०७६, १२ : ४० शुक्रवार
तोन्जीलाई ताज

यो वर्षको मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी मोडल जोजोविनी तोन्जीले पहिरिइन्। लैङ्गिक हिंसा विरुद्धको अभियानमा सक्रिय तोन्जी प्राकृतिक सुन्दरतामा जोड दिन्छिन्।

अहिलेका युवतीलाई हामीले के सिकाउनु पर्छ भन्ने निर्णायकको प्रश्नको उत्तरमा उनले अहिलेका युवतीहरु समाजले जुन बाटो देखाएको हो त्यसैमा मात्र भर पर्दा पछि परेको भन्दै नेतृत्व सिकाउनुपर्ने उत्तर दिइन् र ताज पाइन्।

उनले ‘आफ्नो स्थान लिन’ युवतीलाई अग्रसर बनाउनुपर्ने धारणासमेत राखिन्।यस उत्तरलाई कार्यक्रममा सहभागी धेरैले मन पराए। ताज पाएपछि उनले ‘यसले आफ्नो जीवनमा ठूलो महत्व राख्ने र आफ्नो जीवनै परिर्वतन हुने’ बताएकी थिइन्।

Leave A Comment