एक भए रेमन्ड र डिलेसिस

बुधबार, ०२ पुष २०७६, ०१ : ०० शुक्रवार
एक भए रेमन्ड र डिलेसिस

सेन्ट्रल पार्क फाइभका सदस्य रेमन्ड सान्ताना र रियालिटी सो ‘फ्लेवर अफ लभ’ दोस्रो सिजनकी विजेता डिलेसिसबीच इन्गेजमेन्ट भयो। केही दिन अगाडि दुवैले सार्वजनिक गरेको भिडियोमा डिलेसिसको हातमा इन्गेजमेन्ट रिङ देखिएको थियो।

रेमन्ड सन् १९८९ मा बलात्कारको अभियोगमा दोषी ठहर भएका थिए। डिलेसिसले इन्स्टाग्राममा तस्बिर राख्दै ‘आज भिन्न रुपमा ब्युँझिएँ, भगवान् धन्यवाद। मलाई यस्तै माया गरिरहनुहोला,’ लेखेकी थिइन्। यस अघिका सम्बन्धबाट यी दुवैको अलग–अलग सन्तान छन्।

Leave A Comment