फ्रक्सको सक

बुधबार, ०२ पुष २०७६, ०१ : ०७ शुक्रवार
फ्रक्सको सक

बलिउड अभिनेत्री नीना गुप्ता फेसन सेन्स र ग्ल्यामर लुक्सका कारण प्रायः लाइमलाइटमा छाइरहन्छिन्। हालै उनले इन्स्टाग्राममा राखेको तस्बिर र त्यसको क्याप्सन उनका फ्यानहरुलाई खुब मन परिरहेको छ। त्यसैले त फोटो पोस्ट भएको केही समयमै ३५ हजारले लाइक गरे। ग्ल्यामर लुक्सको तस्बिरको क्याप्सन राखेकी छन्, ‘फ्रक्सको सक !’ नीना अहिले हाई डिमान्डेड अभिनेता आयुष्मान खुरानासँग ‘शुभ मंगल, ज्यादा सावधान’को सुटिङमा व्यस्त छिन्। व्यस्त भए पनि फुत्तफुत्त सामाजिक सञ्जालमा उनको तस्बिर आउने क्रम भने रोकिएको छैन है !
 

Leave A Comment