एयरपोर्टमा भ्याली एक्सप्रेसको पाँचौ शाखा

बुधबार, ०२ पुष २०७६, ०६ : ५८ शुक्रवार
एयरपोर्टमा भ्याली एक्सप्रेसको पाँचौ शाखा

भ्याली कोल्ड स्टोर प्रालि –भ्यालीग्रुप) अन्तर्गतको भ्याली एक्सप्रेसले पाँचौ शाखा त्रिभुवन विमानस्थल सिनामंगलमा खोलेको छ । विमानस्थलमा रहेको पार्किगं भवनमा भ्याली एक्सप्रेसको पाँचौ शाखा बुधबार खुलेको हो। भ्याली एक्सप्रेसले अन्तराष्ट्रिय चेन रेस्टुरेन्टले उपयोग गरिरहेका खाद्य निर्माण प्रविधिको प्रयोगगरेर ग्रिल्ड चिकेन, चिकेन वर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका परिकार बनाउने गरेको छ। 

२०४१ मा स्थापित भ्याली ग्रुप ३१ वर्षपछी फाष्टफुडको ब्यापारमा प्रवेशगर्दै २०७१ मा भ्याली एक्सप्रेसको ब्राण्डमा चितवनमा आफ्नो पहिलो शाखा खोलेको थियो । दोस्रो शाखा काठमाडौंको नयाँबजारमा खोलेर काठमाडौं उपत्यका प्रवेश गरेको समूहले काठमाडौंको बसन्तपुर र महाराजगन्जमा यसअगाडि नै शाखा विस्तार गरिसकेको छ। 

उद्योग स्थापनाकालमा उपभोक्तालाई सुपथ मुल्यमा स्वस्थ मासु उपलब्ध गराउने उदेश्यसँगै पौष्टिकजन्य तत्वको सहज उपलब्धतालाई समेत समूहले आफ्नो प्राथमिकतामा राखेको ग्रुपका प्रमुख व्यवस्थापक बाबुराजा रावलले जानकारी दिए ।

भ्याली ग्रुपले अहिले भ्याली कोल्ड स्टोर प्रालि, भ्याली फिड ईण्डष्ट्री, भ्याली पोल्ट्री प्रालि, भ्याली पेलेट फिड प्रालि सञ्चालनमा छन् । कम्पनिका अनुसार पोल्ट्री व्यवसाय सम्बन्धी खोज र अनुसन्धानगरी आधुनिक, प्रविधिमैत्री र अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धी बनाउन भ्याली रिसर्च फार्म स्थापना गरी सञ्चालनमा आइसकेको कम्पनिले जानकारी दिएको छ।

अन्तराष्ट्रियस्तरको प्रविधि भित्र्याउँदै ब्रोइलर कुखुराको गुणस्तरिय एकदिने चल्ला उत्पादन तथा वितरण सञ्चालनमा आइसकेको र तनहुमा  मस्र्यागी पोल्ट्री प्रालि, नुवाकोटमा त्रिशुली ब्रिडिगं एण्ड रिसर्च फार्म प्रालि र झापामा भ्याली एग्रोफिड प्रालि सञ्चालनमा आइसकेको रावलले जानकारी दिए। 

कुखुरा उत्पादनदेखि प्रशोधनसम्मको प्रकृयामा उच्चस्तरीय आधुनिक प्रविधिको उपयोगलाई प्राथमिकतादिँदै आधुनिक प्रविधि र गुणस्तरलाई भित्र्याउँदै अन्तराष्ट्रिय मापदण्ड अनुसार समुहले आधुनिक बधशाला सञ्चालन गरेको र सो बधशालाले अन्तराष्ट्रिय टोलीबाट समेत मान्यता पााइसकेको रावलले जानकारी दिए। 

जसकारण नेपालमा सञ्चालित अन्तराष्ट्रिय फ्रेन्चाइज रेष्टुरेन्ट र पाँचतारे होटलले नेपालबाहिरबाट कुखुराको मासु नेपाल भित्र्र्याउनेक्रम घटेको कम्पनिको दावी छ । 
 

Leave A Comment