विद्याको मुस्कान

शुक्रबार, ०४ पुष २०७६, ११ : ५१ शुक्रवार
विद्याको मुस्कान

मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभामा निर्वाचित भएकी विद्या भट्टराईले पुस १ गते सांसदका रुपमा सपथ लिइन्। सपथ लिएसँग माननीय बनेकी भट्टराईको ओठमा सपथ लिने क्रममा राम्रै मुस्कान खुलेको थियो। उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसद् सचिवालयमा आयोजित समारोहमा भट्टराईलाई सपथ गराइरहँदा उनी पनि खुसी देखिन्थिन्।

यसक्रममा विद्यामा कुनै संकोच देखिएन। सपथको क्रममा बधाईस्वरुप निधारमा रातो अबिर र गलामा खादा लगाएकी उनको मुस्कान खुलेकोमा केहीको आरिस भने प्रस्टै देखियो। विधवा नारीले रातो अबिरको प्रयोग नगरेको भन्दै केहीले खासखुस पनि गरेको देखियो।

हाम्रो समाज कस्तो छ भने दुःखी मानिस सधैँ दुखिया नै भइरहनुपर्छ भन्ने आग्रह राख्छ। खासमा उनी पति निधनको पीडाबाट उम्किएर यसरी सक्रिय राजनीतिमा आउनु निकै स्वागतयोग्य कदम हो भन्ने समाजले बुझ्न जरुरी छ।

खैर, हुन त उनी रवीन्द्रको सपना पूरा गर्न संसद्मा आएकी होलिन् तर उनले रवीन्द्रभन्दा पनि नेपाली जनताको सपना पूरा गरिदिए पुग्छ। उनलाई हाम्रातर्फबाट पनि बधाई !

Leave A Comment