मिस तामाङ माघमा

शनिबार, ०५ पुष २०७६, ०१ : १७ शुक्रवार
मिस तामाङ माघमा

मिस तामाङको पाँचौं संस्करण पोखरामा हुने भएको छ। माघ ४ मा हुने कार्यक्रममा १७ जना प्रतियोगी सहभागिता हुने कार्यक्रम संयोजक कविता योञ्जनले जानकारी दिइन्। सहभागीहरुलाई ४५ दिन लामो व्यक्तित्व, नेतृत्व, भाषा, कला, संस्कार, इतिहास तथा धर्मका विषयमा प्रशिक्षण गराइनेछ।

समाजका अध्यक्ष ज्याक तामाङले आफ्नो जातिको भाषा, धर्म तथा संस्कृति नयाँ पुस्ता माझ चिनाउन र अनन्तसम्म जीवित बनाइ राख्न कार्यक्रमलाई निरन्तरता दिएको बताए।

Leave A Comment