पानीजहाजको रहर

शुक्रबार, ११ पुष २०७६, ११ : ४० शुक्रवार
पानीजहाजको रहर

सपना त कडा देखाइएको हो हाम्लाई ! नत्र छुकछुके रेल र हुर्रिने पानीजहाजको कल्पना यसअघि कसले गरेको थियो र ! हुँदाहुँदा यी दुई वर्षमा पानीजहाज हुइँक्याउने र रेल छुक्छुक्याउने गीत घन्किएको निकै समय भइसकेको थियो। नेपालका जिम्मेवार नेताले राष्ट्रवादी देखिनका लागि समुद्रै तयार गरेर पानी जहाज चलाइदिहालुँ जस्तो किसिमले भाषण नगरेका हैनन्। कयौं माइल टाढा समुद्र भएको नेपालमा ठूलो पानी जहाज कहाँबाट ल्याउनु ? रोडबाट गुडाएर ल्याउन मिल्दैन क्यारे !

जेहोस्, पानी जहाज चलाइहाल्छु भन्ने नेताको नेपालमै पानी जहाज चलेको हेर्ने सपना भने पूरा हुने संकेत देखिएको छ। नारायणी नदीमा पुस महिनाको सुरुवातसँगै ‘क्रुज जहाज’(मिनी पानीजहाज) को परिक्षण गरिएछ। नेपाल भ्रमण वर्षको संघारमा परिक्षण गरिएको दुई तले जहाजको क्षमता करिब २०० व्यक्ति बोक्ने रहेछ। अब के गर्नु ? पानीजहाजको गफ दिएकै थियो, त्यसपछि पानी जहाज त चलाउनै प¥यो। अब यस्तै पानीजहाज हेरेर चित्त बुझाउनु त परिहाल्यो ! जहाजै चलाउने अठोट लिने नेता भएपछि पर्यटकले पनि नारायणीको पानी माथिको सरर आनन्द लिन पाउने होला।

अब पानीजहाज चलाउने भनेपछि चल्नु परिहाल्यो। समुद्रसम्म पुग्ने होस् कि खोलामा डुल्ने, यसले के फरक पार्छ र ? आखिर पानीजहाज भनेको उड्ने हैन क्यार ? नदीमा त बग्ने हो !
समृद्धि यसरी आउँदैछ हेर्नुस् !

Leave A Comment