केसी फलोअप : कर्मचारी फेरिदा छानविन सुस्त

शुक्रबार, ११ पुष २०७६, १२ : ०२ शुक्रवार
केसी फलोअप : कर्मचारी फेरिदा छानविन सुस्त

जेठा छोराका दुई छोरा सचित र सचिन केसीलाई कान्छा छोराका सन्तान बनाएर जापान पठाउन कागजात बनाउन संलग्न देखिएका पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको अपराधबारे छानविन गर्न बनेको समितिले छिटो काम नहुनुमा कागजात बनाउन संलग्न कर्मचारीको अवकाशले अप्ठेरो पारेको जनाएको छ।

२०७६ असोज ६ गते बागलुङ जिल्ला प्रशासन कार्यलयले प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्तको नेतृत्वमा प्रशासकीय अधिकृत केशव लामिछाने, नासु विष्णुप्रसाद ढकालको समितिले काम गरिरहेको छ। संयोजक पन्तका अनुसार जिल्लाबाट वडामा पत्र गएपछि वडाले पनि नाबालिग परिचयपत्र बनाउन संलग्न व्यक्ति, निजको बुबा–आमा र नाता प्रमाणित गराउनेलाई पत्र काटिइसकेको छ। नाता प्रमाणित गराउने कर्मचारीसँग सम्पर्क हुन समस्या भएको पन्तले बताए। ‘राहदानी बनाएको हुँदा अभिलेखमा पनि खोज्ने काम भइरहेको छ,’ उनले भने, ‘संलग्न व्यक्तिहरु सम्पर्कमा आएपछि उनीहरुसँग विवरण लिने काम सुरु हुन्छ।’

गएको असोज ६ गते सांसद केसीको गैरकानुनी कार्य छानविन गर्न जिल्ला प्रशासन कार्यालयले समिति बनाएको थियो। यसअघि शुक्रवार पत्रिकाले असोज ३ मा यसबारे पहिलो पटक समाचार प्रकाशन गरेको थियो।

Leave A Comment