कान्छीमायाको ह्याट्रिक

शुक्रबार, ११ पुष २०७६, १२ : १३ शुक्रवार
कान्छीमायाको ह्याट्रिक

१३ औं काठमाडौं म्याराथनको उपाधिमा कान्छीमाया कोजुले ह्याट्रिक गरेकी छिन्। सशस्त्र प्रहरी बल क्लबमा आबद्ध उनले लगातार तीनपटक उपाधि जितिन्। महिलातर्फको प्रतिस्पर्धामा कोजुले दुई घण्टा ५७ मिनेट २७ सेकेन्डमा दूरी पार गरेर तेस्रोपटक पनि आफ्नो उपाधिको रक्षा गरिन्।

दोस्रो स्थानमा रहेकी आर्मीकी सरिता बासीले तीन घण्टा १९ मिनेट ०७ सेकेण्डमा निर्धारित लक्ष्य पूरा गरेकी थिइन् भने निर्जला ताम्राकारले तीन घण्टा ४७ मिनेट ४५ सेकेन्डमा दूरी पार गरेर तेस्रो भइन्।

पुरुषतिरको उपाधि भने त्रिभुवन आर्मी क्लबका नरेन्द्रसिंह रावतले जिते। उनले निर्धारित दूरी दुई घण्टा ३३ मिनेट १० सेकेन्डमा पूरा गरेका थिए भने आर्मीकै वेदबहादुर सुनुवारले दुई घण्टा ३४ मिनेट २० सेकेन्डमा निर्धारित दूरी पूरा गरेर दोस्रो भए। आर्मीकै ज्ञानप्रसाद भट्टराईले दुई घण्टा ३४ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए।

Leave A Comment