क्लब विश्वकप लिभरपुललाई

शुक्रबार, ११ पुष २०७६, १२ : १८ शुक्रवार
क्लब विश्वकप लिभरपुललाई

ब्राजिलियन क्लब फ्लामेङ्गोलाई हराउँदै क्लबस्तरीय विश्वकपको उपाधि लिभरपुलले पाएको छ। लिभरपुलले क्लबस्तरीय विश्पकप जितेको यो पहिलोपटक हो।

कतारको दोहामा भएको  प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरी भएपछि इन्ज्युरी समयमा रोबर्टो फिर्मिन्होले गरेको गोल निर्णायक हुँदा उपाधि लिभरपुलको पोल्टामा पुग्यो।

क्लब विश्वकपको फाइनलमा यो चौथोपटक खेल अतिरिक्त समयमा गएको हो। यस अघि सन् २०००, २००९ र २०१६ पनि फाइनलमा अतिरिक्त समयमा खेल गएको थियो। लिभरपुलको जितसँगै क्लब कपका १३ संस्करणमध्ये १२ संस्करण युरोपियन क्लवले जितेका छन्।

Leave A Comment