बालीमा इवलिन

आइतबार, ३० साउन २०७३, १० : १२ शुक्रवार , Kathmandu
बालीमा इवलिन

बलिउड अभिनेत्री इवलिन शर्मा हिजोआज इन्डोनेसियातिर छिन् । छुट्टी मनाउन भनेर इन्डोनेसियाको बाली  द्वीप पुगेकी उनी अहिले उतै बिन्दास पारामा रमाइलो गरिरहेकी छिन् ।  
भारतीय मूलकी यी जर्मन अभिनेत्रीले बलिउडमा भाग्य परीक्षण गरिरहेकी छिन् । पछिल्लोपटक ‘भैयाजी सुपरहिट’ फिल्ममा काम गरेकी उनी फिल्मको काम सिद्धिएपछि छुट्टी मनाउन बालीतिर गएकी हुन् । बलिउडमा उनले सन् २०१२ मा डेब्यू गरेकी हुन् ।
‘बालीको समुद्री तटमा रमाइलो गर्दै गरेका केही थान तस्बिर उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । बिकिनीमा सजिएकी उनी तस्बिरम राम्रोसँग खुलेकी छिन्,’ समाचारमा भनिएको छ ।

Leave A Comment